Like us!
Follow us!
Connect us!
Watch us!

केही मानिस देशै कब्जा गरिसक्यौं भनेजसरी रमाइरहेका छन् - प्रचण्ड

अर्थ संसार

मंगलबार, १५ पुस २०८२, १५ : ४४ मा प्रकाशित

केही मानिस देशै कब्जा गरिसक्यौं भनेजसरी रमाइरहेका छन् - प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही व्यक्तिहरू सामाजिक सञ्जालमा 'देशै कब्जा गरिसक्यौं' भने जसरी रमाइरहेको टिप्पणी गरेका छन्। विचार, इतिहास, त्याग–तपस्या र बलिदानको अनुभव नभएकाहरूले यस्ता भ्रमपूर्ण प्रचार गरिरहेको उनको भनाइ छ।

रुकुमबाट १५ दिन पैदल यात्रा गर्दै काठमाडौं आइपुगेका विद्यार्थी नेता केशव रावललाई धन्यवाद दिन मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । 

‘अहिले सोसल मिडिया हेर्‍यो भने विचारविहीन, इतिहासविहीन, त्याग तपस्या, बलिदान र निष्ठाविहीनहरूले देश पूरै कब्जा गरिसके भनेजस्तो होहल्ला छ । सहरबजारका केही मान्छे त्यस्तै हल्लामा रमाइरहेका छन्,’ उनले भने, ‘दशकौं लडाईं लडेर, आन्दोलन गरेर, त्याग–तपस्याका कीर्तिमान कायम गरेकाहरूलाई अहिले बदनाम गर्न खोजिँदैछ ।’

प्रचण्डले सामाजिक सञ्जालमा होहल्ला मच्चाउनेहरूलाई नै मुक्तिदाता ठान्ने जस्तो वातावरण सहर–बजारमा बनाइएको उल्लेख गरे। लामो इतिहास बोकेका पार्टीहरू समाप्त भइसके भन्ने हल्लालाई जनताले विश्वास नगरेको भन्दै उनले नेपाली कम्युनिष्ट पार्टी र यसले अघि सारेका विचारप्रति जनताको आकर्षण अझै कायम रहेको दाबी गरे। उनले वर्तमान समय सूचना प्रविधि (आईटी) र एआईको भए पनि यसको प्रयोगमा सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता रहेकोमा जोड दिए।

‘हामीले विचार गर्नुपर्छ । यो समय आइटीको हो । एआईले मानव चेतनालाई नयाँ ठाउँमा पुर्‍याइराखेको छ । तर, त्यो सबैको प्रभाव, प्रभुत्व, स्वामित्व प्रतिक्रियावादी शक्तिहरूको हातमा छ । उनीहरूले जस्तो चाह्यो, त्यस्तै प्रयोग हुने गरेको छ,’ प्रचण्डले भने, ‘हामीलाई लाग्छ, मोवाइल आफूले चलाइराखेको छु, आफूले समाचार पोष्ट गरिराखेको छु । तर, त्यो एकाधिकार वैदेशिक साम्राज्यवाद र प्रतिक्रियावादकै छ । उनीहरूले आफूले चाहेअनुसार नै बनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको