पछिल्लो समय राजस्व संकलनको लक्ष्य भेटाउन कठिन देखिएको छ । गत आवको पाँच महिनाको अवधिमा चालु आवको पाँच महिनाको अवधिमा राजस्व संकलनमा केही वृद्धि भए पनि लक्ष्यको जम्मा ७८.७४ प्रतिशत मात्रै राजस्व संकलन भएको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ को ५ महिनामा सरकारले कुल ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व संकलन गर्न सफल भएको छ । अर्थमन्त्रालयकाअनुसार चालु वर्षको मंसिर मसान्तसम्मको कर राजश्व ३ खर्ब ८२ अर्ब २३ करोड उठेको छ भने गैरकर राजस्व २४ अर्ब ७ करोड र विविध प्राप्तिबाट ३ अर्ब ४७ करोड सरकारले आम्दानी गरेको हो ।
गत वर्षको सोही अवधिको तुलनामा राजश्व १.६८ प्रतिशतले वृद्धि भएको छ । राजश्वको चार वटा क्षेत्र अन्तर्गत भन्सार, मूल्यअभिवृद्धि कर, अन्तःशुल्कमा राजश्व संकलन पोजेटिभ रुपमै उठिरहेको छ । तर आयकरतर्फ गत वर्षको तुलनामा ८ प्रतिशतले नेगेटिभ देखिएको छ । नकारात्मक हुनुको कारण बजारमा व्याजदर घट्नु र ब्याजदरबाट प्राप्त हुने ब्याजकरमा कमी आउनु मुख्य कारण रहेको अर्थमन्त्रालयले जनाएको छ ।
मंसिरसम्मको लक्ष्य नभेट्नुको अर्को कारण पुँजीगत लाभकरमा कमी आउनु पनि रहेको छ । घरजग्गाका कारोबारहरु सिथिल हुँदा त्यसले नेपाल सरकारलाई प्राप्त हुने पुँजीगत लाभकरमा कम आएको र लक्ष्य भेट्न सकस देखिएको छ । त्यस्तै सेयर बजारबाट हुने पुँजीगत लाभकर पनि घट्दा राजस्व संकलनमा कमी आएको देखिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस