Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकबाट ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, १७ पुस २०८२, ११ : १८ मा प्रकाशित

गरिमा विकास बैंकबाट ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

गरिमा विकास बैंक लिमिटेडले ६० हजार कित्ता संस्थापक सेयरबिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ६० हजार ७३९.७२ कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै सूचना प्रकाशित भएको ३५ दिनभित्र अर्थात माघ २१ गतेभित्र आवश्यक कागजातसहित काठमाडौँको लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । तोकिएको अवधिसम्ममा उक्त सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर खरिद प्रक्रिया अघि बढाइने छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको