बैंकिङ प्रणालीमा तरलता बढ्दै गएसँगै सीडी रेसियो निरन्तर घट्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको औसत सीडी रेसियो ७४ प्रतिशतभन्दा तल झरेर ७३.९५ प्रतिशतमा पुगेको छ।
लामो समयसम्म सीडी रेसियो ७४ प्रतिशतभन्दा माथि रहे पनि पछिल्लो समय कर्जा विस्तारको तुलनामा निक्षेप संकलन तीव्र रूपमा बढेपछि रेसियो घटेर सो स्तरभन्दा मुनि आएको हो। केन्द्रीय बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा कुल ७६ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ५६ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।
बैंकहरूको अन्तरबैंक ब्याजदर २.७५ प्रतिशतमा कायम रहेको छ
\
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस