वर्गिकरणः वित्त कम्पनी
पछिल्लो व्यापार मुल्यः रू. २०१
५२ हप्ताको उच्च व्यापार मुल्यः रू. ४७३
५२ हप्ताको न्युन व्यापार मुल्यः रू. १९८
१८० दिनको औषत व्यापार मुल्यः रू. २२८.५७
कम्पनीका महत्वपूर्ण अनुपात

व्यवस्थापन समूहः
अध्यक्षः सुरेश कुमार अग्रवाल
प्रमुख कार्यकारी अधिकृतः राम बाबु पन्त
प्रधान कार्यालयः भाटभटेनी ,काठमाडौं
शाखाः १६
वेबसाइटः www.icfcbank.com
स्टक स्टिकरः आइसिएफसी
कम्पनीको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

कम्पनीका महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

महत्वपूर्ण अनुपात

लाभांश विवरण

आधारभूत विश्लेषण
कम्पनीको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः
-
चुक्तापूँजीको तुलनामा खुद नाफा १३ दशमलव ९२ प्रतिशतबाट घटेर ८ दशमलव १४ प्रतिशतमा सिमित भएको छ । पुस मसान्तसम्ममा कम्पनीले रू. ७ अर्ब ५७ करोड निक्षेप सङ्कलन गरेको छ भने रू. ६ अर्ब ६ करोड कर्जा प्रवाह गरेको छ ।
-
कम्पनीको लगानी रू. ७४ करोड १८ लाख रहेको छ । यो अघिल्लो आवको तुलनामा १ सय ६ प्रतिशतले बढी हो ।
-
खुद ब्याज आम्दानी रू. १२ करोड १५ लाख, कर्मचारी खर्च रू. ३ करोड ८७ लाख, अन्य सञ्चालन खर्च रू. ३ करोड ९५ लाख र सञ्चालन नाफा रू. ५ करोड २१ लाख रहेको छ ।
-
स्थिर सम्पती ७० प्रतिशतले बढेर रू. २५ करोड ५६ लाख पुगेको छ भने अन्य सम्पती ७१ प्रतिशले घटेर रू. ७ करोड २४ लाखमा सिमित भएको छ ।
-
कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. १ करोड ४४ लाख छुट्याएको छ भने पूँजीकोष पर्याप्तता १४ दशमलव २३ प्रतिशत र कष्ट अफ फण्ड ८ दशमलव ९४ प्रतिशत रहेको छ ।
-
कम्पनीको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दनी अनुपात रू. १६ दशमलव २८, मूल्य आम्दानी अनुपात १२ दशमलव ६५ र तरलता अनुपात २९ दशमलव ७६ र प्रतिशेयर नेटवर्थ रू. १ सय २९ दशमलव ०७ रहेको छ । मङ्गलवारको शेयर मूल्य नेटवर्थको साढे १ गुणा छ ।
प्राविधिक विश्लेषण
-
खरीद चापः कम्पनीको मङ्गलवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप साढे ९ गुणा बढी रहेको छ । सो अवधिसम्म १० हजार १३ कित्ता शेयर खरीद र १ हजार ५७ कित्ता शेयर विक्री गर्ने माग थियो ।
-
मङ्गलवार भएको शेयर कारोबार विवरणः

मैनबत्ती चित्र
२८ नोभेम्बर २०१७ २७ फेब्रअरी २०१८
स्ट्याण्डर्ड डेभिएशन
२८ नोभेम्बर २०१७ २७ फेब्रअरी २०१८
आरएसआई
२८ नोभेम्बर २०१७ २७ फेब्रअरी २०१८
मुभिङ् एभरेज
२८ नोभेम्बर २०१७ २७ फेब्रअरी २०१८
प्राविधिक विश्लेषण
-
मैनबत्ती विश्लेषणः कम्पनीको ५३ दिनको कारोवारको हेर्दा अन्तिम दिनमा सुटिङ स्टार आकृती बनेको छ । यसले आगामी दिनमा शेयर मूल्य वियरिशमा रिभर्स हुने सङ्केत गर्दछ । विश्वसनियता भने सामान्य रहेको छ ।
-
आरएसआईः कम्पनीको ५४ दिनको कारोबारमा आरएसआइ न्यूट्रल जोन (३४ दशमलव ३४ स्केल)मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउछ ।
-
स्ट्याण्डर्ड डेभिएशनः कम्पनीको ५३ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएशन २ दशमलव ९२ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ ।
-
मुभिङ एभरेजः कम्पनीको ५३ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एक आपसमा टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा तल छ । हालको मूल्य रू. २ सय १ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २ सय ८ मा प्रतिरोध पाउन सक्छ भने सस्तिएमा रू. २ सयमा टेवा पाउने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस