नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने कदमको निन्दा गरेको छ। लागुऔषध कारोबार तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्ति र समूहसँग सम्बन्ध रहेको आरोप लगाउँदै अमेरिकाले राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिएको छ।
एमालेले उक्त कदमलाई अन्तर्राष्ट्रिय कानुन र राष्ट्रिय सार्वभौमिकताको गम्भीर उल्लङ्घन भएको ठहर गरेको छ।
एमाले महासचिव शंकर पोखरेलले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया जनाउँदै कुनै एक देशका जननिर्वाचित राष्ट्रप्रमुखलाई अर्को देशको राष्ट्रप्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसंघको बडापत्रको ठाडो उल्लङ्घन भएको बताएका छन्।
उनले लेखेका छन् -
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस