नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ ।
भदौ २३-२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि स्थान हद लगाएको थियो । ओलीको बयान लिएसँगै आयोगले उनीमाथि लगाइएको बन्देज फुकुवाको निर्णय गरेको हो ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आजको निर्णय सार्वजनिक गर्दै फुकुवाको जानकारी गराएका छन् ।
प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा त्यसताका भएका घटनाको जाँचबुझ तथा छानबिनको सिलसिलामा तत्कालीन प्रधानमन्त्री ओलीलाई विदेश भ्रमणमा रोक र अनुमतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने गरी असोज १२ मा निर्णय गरिएकोमा सोधपुछलगायत बुझ्ने कार्य सकिएकाले उक्त निर्णयको औचित्य समाप्त भइसकेको भन्दै फुकुवा गरिएको उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस