नेपाली कांग्रेसको संस्थापन पक्षले बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट पाँच वर्षका लागि निष्कासन गरेका महामन्त्री विश्वप्रकाश शर्माले यस विषयमा प्रतिक्रिया दिएका छन्। उनले सहमतिका लागि अघि सारिएको आठबुँदे प्रस्ताव फेसबुकमार्फत सार्वजनिक गर्दै त्यसमा प्रश्न उठाएका छन्।
‘सहमतिका लागि आज बिहान प्रस्तावित यी ८ बुँदामध्ये कुन बुँदा काँग्रेस र देशको अहितमा थियो र छ, त्यसबारे स्पष्ट पारेको छु’, उनले भनेका छन् ।
विश्वप्रकाश शर्माले अगाडि भनेका छन्, ‘मुस्कुराउँदै फेरि पढेँ यी बुँदा, मेरो प्रतिक्रिया केवल यत्ति छ- कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दुवै दृढ छौँ। विधानअनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको छ, अब सही नेतृत्व दिनेछ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस