Like us!
Follow us!
Connect us!
Watch us!

विकास खर्चको अवस्था दयनिय, ६ महिनामा जम्मा १०.६९ प्रतिशत मात्रै बजेट खर्च

अर्थ संसार

आइतबार, २७ पुस २०८२, १४ : ५५ मा प्रकाशित

विकास खर्चको अवस्था दयनिय, ६ महिनामा जम्मा १०.६९ प्रतिशत मात्रै बजेट खर्च

सरकारको विकास खर्चको अवस्था निकै दयनीय रहेको देखिन्छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा विकास बजेट ११ प्रतिशत भन्दा कम देखिएको छ । अर्थमन्त्रालयका अनुसार अनुसार चालु आर्थिक वर्षको ६ महिना बित्नै लाग्दा विकास १०.६९ प्रतिशत मात्रै भएको हो । 

अर्थ मन्त्रालयका अनुसार ४ खर्ब भन्दा बढीको पुँजीगत बजेट ल्याएको सरकारले पुस २६ गतेसम्ममा जम्मा ४३ अर्ब ६० करोड खर्च भएको छ । गत आवको यही अवधिमा सरकारले ५३ अर्ब ५८ करोड रुपैयाँ खर्च गरेको थियो । जुन विनियोजित बजेटको १५.२१ प्रतिशत रहेको थियो । यसले गत वर्षको भन्दा पनि अहिले विकास बजेट खर्च निराशाजनक रहेको देखिएको हो । 

जेनजी आन्दोलन, रुग्ण ठेक्काका नाममा सम्झौता तोडिँदा त्यसको असर विकास बजेट कार्यान्वयनमा परेको सम्बद्ध पक्षहरू बताउँछन् । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बजेट कार्यान्वयनको सन्दर्भमा पुँजीगत खर्चमा केही समस्या देखिएको स्वीकार गरे । उनले जेनजी आन्दोलनका कारण विकास बजेट चाहेअनुसार खर्च हुन नसकेको पनि बताए । 

अर्थमन्त्रालय ठेकदारले लामोसयम काम नगरेर बस्दा त्यसले विकासमा पार्ने प्रभाव र अहिलेका मौजुदा कानूनमा विचार गरेर रुग्ण ठेक्काबारे कतिपय निर्णयहरू गरिएको र त्यसले भोलीको विकास निर्माणमा सकारात्मक असर पर्ने विश्वासमा रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको