Like us!
Follow us!
Connect us!
Watch us!

पुरानाले केही गरेनन् भनेको सुन्दा हाँसो लाग्छ - राजेश हमाल

अर्थ संसार

आइतबार, २७ पुस २०८२, १४ : ५३ मा प्रकाशित

पुरानाले केही गरेनन् भनेको सुन्दा हाँसो लाग्छ - राजेश हमाल

महानायक राजेश हमालले जननिर्वाचित सरकारको ठाउँमा चुनावी सरकार हुनु विडम्बना भएको बताएका छन् ।

झापाको विर्तामोडमा इस्टर्न सहारा कम्पनी लिमिटेडको तेस्रो साधारण सभामा बोल्दै हमालले लोकतन्त्रमा जननिर्वाचित सरकार नै हुनुपर्ने बताए । 

उनले भने, ‘अहिले जनसमुदायको कोर्टमा बल छ, अब निर्णय गर्ने जिम्मा तपाईंहरूको हो ।’ उनले अहिले देश कस्तो बनाउने र अहिलेका समस्या कसरी समाधान गर्ने भनेर सोचविचार गरेर जनप्रतिनिधि छान्नुपर्ने बताए । उनले अगाडि भने, ‘अहिले धेरैले भनेको सुन्छु— पुरानाहरूले केही गरेनन्, सबै बिग्रियो । तर उनीहरूलाई हामीले नै छानेका होइनौँ र ?’

उनले यसअघि सरकारको नेतृत्वमा पुगेकाहरू पनि सिस्टम बाटै आएको भन्दै प्रणाली सुधार्न जनसमुदायको प्रमुख हात रहेको बताए । उनले भने, ‘प्रणाली कस्तो छ भन्ने होइन, प्रणालीमा कसरी काम गर्ने भन्ने कुरा मुख्य हो ।’सरकारलाई राम्रो बनाउन पनि जनसमुदायको भूमिका रहने उनले उल्लेख गरे । ‘अहिले नयाँ आएकाहरूले पुरानाले गरेनन् भनेको सुन्छु, मलाई त हाँसो लागिरहेको छ । पुरानाले गरेनन् भन्नुभन्दा पनि हामी यसरी गर्छौँ भनेर आउनुपर्छ’ हमालले भने ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको