Like us!
Follow us!
Connect us!
Watch us!

चमेलिया जलविद्युत् आयोजनाले माग पूरा नगरेको भन्दै आमरण अनशन

शुक्रबार, १८ फागुन २०७४, ०८ : ३६ मा प्रकाशित

चमेलिया जलविद्युत् आयोजनाले माग पूरा नगरेको भन्दै आमरण अनशन

अर्थ संसार, दार्चुला– आफ्ना माग पूरा नभएको भन्दै शैल्यशिखर नगरपालिका–१ बारीलका स्थानीय चमेलिया जलविद्युत्को विद्युत् गृह नजिक बिहीबारबाट आमरण अनशनमा बसेका छन् ।

चमेलिया जलविद्युत् आयोजनाले निर्माण कार्य शुरु गरेदेखि नै आफूहरुसँग गरेका प्रतिबद्धता पूरा नगरेको भन्दै उनीहरु आमरण अनशनमा बसेका हुन् । सो ठाउँका स्थानीय खानेपानी मूल संर्घष समिति गठन गरेर आमरण अनशनमा बसेका हुन् ।

संघर्ष समितिले आयोजना निर्माणका क्रममा सुकेका खानेपानी र सिँचाइको स्थायी र दीर्घकालीन समाधान गर्नुपर्ने, आयोजनाबाट प्रत्यक्षरुपमा विस्थापित शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका र बैतडीको डिलाशैनी गाउँपालिकाभरिमा निःशुल्क विद्युत्को व्यवस्था गर्नुपर्ने, चालु आर्थिक वर्षभित्र दार्चुला र बैतडी जिल्लालाई विद्युत् भार कटौती मुक्त जिल्ला घोषणा गर्नुपर्ने माग राखेको छ ।

यस्तै बाँध स्थलदेखि टेलरेससम्म चमेलियामा पानी छोड्नु पर्ने, आयोजना निर्माणका क्रममा भएको भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने र स्थानीयसँग आयोजनाले गरेका सम्झौता तत्काल कार्यान्वय गर्नुपर्ने माग राखेका छन् । फागुन ११ गते संर्घष समितिले एक अपिल जारी गर्दै आयोजनासँग उक्त माग राखेको थियो ।

आयोजनाले आफूहरुका जायज मागलाई कुनै वास्ता नगरेका कारण आमरण अनशन बस्नुपरेको खानेपानी मूल संर्घष समितिका सचिव सुरेन्द्र तितराले जानकारी दिनुभयो ।

संर्घष समितिका अध्यक्ष शंकर खडायत, सचिव सुरन्द्र तितरा तथा समितिका सल्लाहकार सदस्य परमानन्द खडायतले बिहीबारबाट आमरण अनशन शुरु गर्नुभएको छ ।

चमेलिया विद्युत् गृहको सुरक्षा र काममा बाधा नपर्ने गरी स्थानीय प्रशासन सुरक्षा निकायमा जानकारी गराइ आफूहरुले वडा नम्बर १ को नवनिर्मित भवनको प्रांगणबाट अनशन शुरु गरेको समितिका अध्यक्ष शंकर खडायतले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको