Like us!
Follow us!
Connect us!
Watch us!

फर्ष्ट माइक्रोफाइनान्सको शुक्रबारदेखि ५० प्रतिशत हकप्रद विक्रीमा

शुक्रबार, १८ फागुन २०७४, ०९ : ०७ मा प्रकाशित

फर्ष्ट माइक्रोफाइनान्सको  शुक्रबारदेखि ५० प्रतिशत हकप्रद विक्रीमा

अर्थ संसार, काठमाडौं–फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर शुक्रबारदेखि विक्रीमा ल्याउने भएको छ ।

कम्पनीले २२ लाख ८१ हजार ३ सय १३ कित्ता हकप्रद शेयर विक्रीमा ल्याउन लागेको हो । यस हकप्रदमा चैत २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद प्रयोजनका लागि कम्पनीले माघ ९ गते बुक क्लोज गरेकाले माघ ८ गतेसम्म कायम सदस्यहरुले मात्र हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर काठमाडौं तथा फर्ष्ट माइक्रोफाइनान्सको ज्ञानेश्वर, काठमाडौं, उर्लाबारी मोरङ तथा भरतपुर चितवन शाखाबाट आवेदन दिन सकिनेछ भने आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तिय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

हाल  ४५ करोड ६२ लाख ६३ हजार चुक्तापूँजी रहेको कम्पनीको हकप्रद पश्चात  ६८ करोड ४३ लाख ९३ हजार पुग्नेछ ।

चालू आवको ६ महीनामा यस कम्पनीले  ४ करोड ७६ लाख ९७ हजार खुद नाफा कमाएको छ । सो अवधिमा प्रतिशेयर आम्दानी  २० दशमलव ९१ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको