Like us!
Follow us!
Connect us!
Watch us!

नारायणकाजीले दिए राष्ट्रिय सभा सदस्यबाट राजीनामा

अर्थ संसार

आइतबार, ०४ माघ २०८२, ११ : ४८ मा प्रकाशित

नारायणकाजीले दिए राष्ट्रिय सभा सदस्यबाट राजीनामा

राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले राजीनामा दिएका छन् । संघीय संसद् सचिवालयका अनुसार उनले आज राजीनामा दिएका हुन् ।

राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्ने श्रेष्ठको तयारी छ । श्रेष्ठले २०७० मा मकवानपुरमा चुनाव लडेका थिए । उनले २०७४ गोरखामा चुनाव लडेका थिए । त्यसपछि उनी २०७६ मा राष्ट्रिय सभा सदस्यको उम्मेदवार भए र जिते ।

६५ वर्षीय श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल पनि आगामी २० फागुनमा सकिंदै थियो । एक महिना अगाडि राजीनामा दिएर उनी प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ उम्मेदवार हुन लागेका हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको