नेकपा एमालेले काठमाडौ–५ मा ईश्वर पोखरेललाई नै उम्मेदवार बनाउने भएको छ । काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार ईश्वर पोखरेललाई टिकट दिइसकिएको छ । ‘अब उहाँले नै लड्नु हुने भएको छ, टिकट पाउनुभयो,’ निरौलाले भने ।
गत शनिबार बसेको सचिवालय बैठकले काठमाडौ–५ को उम्मेदवारबारे कुनै निर्णय गरेको थिएन । यस्तै काठमाडौ–९ मा अजय क्रान्तिले टिकट पाएका छन् । काठमाडौं–४ को उम्मेदवार अझै टुंगिएको छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस