Like us!
Follow us!
Connect us!
Watch us!

झापामा रास्वपा र एमाले कार्यकर्ताबीच झडप

अर्थ संसार

मंगलबार, ०६ माघ २०८२, १४ : १० मा प्रकाशित

झापामा रास्वपा र एमाले कार्यकर्ताबीच झडप

झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। रास्वपा कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेपछि झडप भएको जनाइएको छ।

 झापा–५ मा रास्वपाबाट बालेन शाहले उम्मेदवारी दिएका छन् भने एमाले अध्यक्ष ओलीले उम्मेदवारी दर्ताको तयारी गरिरहेका छन्। बालेन शाह उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुगेका बेला रास्वपा कार्यकर्ताले ओलीविरुद्ध नाराबाजी गरेका थिए। सोही क्रममा दुवै पक्षका कार्यकर्ताबीच झडप भएको हो।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको