Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफद्वारा झापाका बिमितलाई ५२ लाख ५५ हजार भुक्तानी

अर्थ संसार

शुक्रबार, १३ साउन २०७९, १४ : १४ मा प्रकाशित

गुराँस लाइफद्वारा झापाका बिमितलाई ५२ लाख ५५ हजार भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले झापा भद्रपुर नगरपालिका वडा नं. ८ का बिमित सुदेश राईको परिवारलाई ५२ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी गरेको छ । मृतक सुदेश राईले भद्रपुुरका अभिकर्ता अमित शर्मा मार्फत ५० लाखको वार्षिक नगद फिर्ता जीवन बिमा गराएका थिए ।

कम्पनीले राईकी पत्नी रुबिना तामाङ्गलाई बिमांक र बोनससहित ५२ लाख ५५ हजार गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षेत्रिय कार्यलय बिर्तामोडले साउन १२ गते भद्रपुर न. पा. वडा नं. ८ को कार्यलयमा एक कार्यक्रम मार्फत भुक्तानी गरेको छ । उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, उप–मेयर राधा कार्की तथा कम्पनीका मुख्य प्रबन्धक गिरधर श्रेष्ठले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा कम्पनी सहायक प्रबन्धकराजकुमार सिजापति, काँकरभिट्टा प्रमुख अस्मिता लिम्बु, भद्रपुर अण्डराइटर देवी श्रेष्ठ, सिनियर एजेन्सी मेनेजर रिता कार्की, भवानी खड्का, निशा फुयाल तथा अभिकर्ता, स्थानिय व्यक्ति पत्रकार लगायतको उपस्थिति रहेको थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको