मनोनयन दर्ताको लागि मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि उनीहरूको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्की आफैले लिएकी छन् । आइतबार खेलकुद मन्त्री वब्लु गुप्ता, सोमबार सञ्चामन्त्री जगदीश खरेल र मंगलबार शिक्षा तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएका थिए ।
उनीहरूले राजीनामा दिएपछि प्रधानमन्त्री कार्कीले ती मन्त्रालयको जिम्मेवारी आफैलाई तोक्न सिफारिस गरेकी थिइन् । सोही सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ती मन्त्रालयहरूको कार्यभार तोकेको उनको कार्यालयले जानकारी दिएको छ । गुप्ता र खरेलले फागुन २१ को चुनावमा उम्मेदवारी दिनका लागि राजीनामा दिएका थिए । पुनले पनि म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस