Like us!
Follow us!
Connect us!
Watch us!

सोविता गौतमले चितवन-३ बाट गराइन् उम्मेदवारी दर्ता

अर्थ संसार

मंगलबार, ०६ माघ २०८२, १७ : २६ मा प्रकाशित

सोविता गौतमले चितवन-३ बाट गराइन् उम्मेदवारी दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले चितवन क्षेत्र नं. ३ बाट उम्मेदवारी दर्ता गराएकी छन् । रामपुरमा रहेको क्षेत्र नं. ३ को निर्वाचन कार्यालयमा पुगेर गौतमले उम्मेदबारी दर्ता गराएकी हुन् ।

उनले आफू चितवनकै व्यक्ति भएकोले उम्मेदवारी दिन आएको बताइन् । पार्टीले आफ्नो आवश्यकता महसुस गरेर रणनीतिक हिसाबले चितवन-३ मा पठाएकोले उम्मेदवारी दिन आएको उनको भनाइ छ । काठमाडौं क्षेत्र नं. २ बाट यसअघि निर्वाचित गौतमले चितवनलाई रास्वपाले आफ्नो आधार क्षेत्र मान्दै आएकोले अझै बलियो बनाउन उम्मेदवारी दर्ता गर्न आएको दाबी गरिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको