Like us!
Follow us!
Connect us!
Watch us!

टेस्ट मान्यता प्राप्त जिम्बाबेसँग भिड्दै नेपाल

आइतबार, २० फागुन २०७४, १० : ५१ मा प्रकाशित

टेस्ट मान्यता प्राप्त जिम्बाबेसँग भिड्दै नेपाल


अर्थ संंसार, काठमाडौँ – एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ ।

खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल शुरु हुनेछ ।

आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबाबमा छ । पराजित गर्न सके नेपाललाई अघि बढ्न मार्गप्रशस्त हुनेछ । तर नतिजा जिम्बाबेको पक्षमा गएमा विश्वकप छनोटमा नेपालको यात्रा सहज हुनेछैन ।

टेस्टमा नेपाली राष्ट्रिय टिमको भिडन्त यो दोस्रो हो । यसअघि टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो ।

गत महिना नामिबियामा भएको डिभिजन–२ का खेलहरूमा नेपालले अत्यन्त कठिन परिस्थितिबाट नाटकीय जित निकाल्दै विश्वकप छनोट खेल्ने मौका पाएको हो ।

सन् २०१९ को विश्वकप क्रिकेटमा १० देशमात्र सहभागी हुने हुँदा नेपाल पनि सहभागी हुने सम्भावना निकै झिनो छ । तर झिनै भए पनि कुनै अभूतपूर्व नतिजाले नेपाललाई विश्वकपमा पु¥याउन सक्छ ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा अघिल्लो महिना डिभिजन टुमा खेलेका अधिकांश खेलाडीले स्थान बनाएका छन् ।

नेपाली टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, ललित भण्डारी, वसन्त रेग्मी, सोम्पाल कामी, शक्ति गौचन, अनिलकुमार साह, मोहमद अरिफ, रोहितकुमार पौडेल, करण केसी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐर र दिपी नाथ छन्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको