वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कैफियत फेला परेपछि १ फर्मलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।
विभागका अनुसार सूर्यविनायक–२, बालकोटमा रहेको खिलुङ्गा कालिका मार्केटिङ प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको हो। अनुगमनका क्रममा कानुनविपरीत गतिविधि देखिएपछि उक्त फर्ममाथि जरिवाना लगाइएको विभागले जनाएको छ। यसै क्रममा विभागले थप १२ वटा फर्मको पनि स्थलगत अनुगमन गरेको छ। विभिन्न फर्महरूमा गरिएको निरीक्षणका क्रममा देखिएका कमजोरी सुधार गर्न आवश्यक निर्देशन दिइएको विभागले जानकारी दिएको छ।
बजारलाई व्यवस्थित बनाउँदै उपभोक्ताको हित सुनिश्चित गर्न नियमित रूपमा अनुगमन गरी कानुन कार्यान्वयन गरिँदै आएको विभागले स्पष्ट पारेको छ। उक्त अनुगमनमा स्थानीय प्रशासन र उपभोक्ता अधिकारकर्मीको समेत सहभागिता रहेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस