Like us!
Follow us!
Connect us!
Watch us!

अनुगमनमा कैफियत भेटिएपछि एक फर्मलाई ५१ हजार जरिवाना, ११ लाई सुधारात्मक निर्देशन

अर्थ संसार

बुधबार, १४ माघ २०८२, १० : ४६ मा प्रकाशित

अनुगमनमा कैफियत भेटिएपछि एक फर्मलाई ५१ हजार जरिवाना, ११ लाई सुधारात्मक निर्देशन

नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५१ हजार रुपैयाँ जरिवाना गरेको छ। अनुगमनका क्रममा कैफियत भेटिएपछि नागार्जुन नगरपालिका–४, सितापाइलास्थित ‘स्टोर अन द डोर प्रालि’लाई उक्त जरिवाना गरिएको हो।

विभागले काठमाडौं, भक्तपुर, कीर्तिपुर, नागार्जुन र मध्यपुर ठिमी लगायतका क्षेत्रका १२ वटा फर्ममा अनुगमन गरेको थियो। अनुगमनका क्रममा ११ वटा फर्मलाई सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको