Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य विभागद्वारा दुई फर्मलाई जरिवाना , १७ वटालाई सुधारात्मक निर्देशन

अर्थ संसार

शुक्रबार, २३ माघ २०८२, १२ : ५१ मा प्रकाशित

वाणिज्य विभागद्वारा दुई फर्मलाई जरिवाना , १७ वटालाई सुधारात्मक निर्देशन

नियमित बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ। विभागका अनुसार काठमाडौं महानगरपालिका–३०, मैतीदेवीमा रहेको श्रेष्ठ खाद्य स्टोरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको हो।

यस्तै, टोखा नगरपालिका–७ मा सञ्चालनमा रहेको घिमिरे रिजन किनारा स्टोर्सलाई पनि १० हजार रुपैयाँ नगद जरिवाना गरिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा ब्लास्ट फेसन कलेक्सनलाई भने व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। साथै, विभागले थप १७ वटा फर्मलाई सुधारात्मक निर्देशन दिएको जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको