Like us!
Follow us!
Connect us!
Watch us!

खानेतेल र ग्यास अभाव नियन्त्रणमा विभागको कडा अनुगमन

अर्थ संसार

मंगलबार, २७ माघ २०८२, १२ : १७ मा प्रकाशित

खानेतेल र ग्यास अभाव नियन्त्रणमा विभागको कडा अनुगमन

बजारमा खानेतेल, खाना पकाउने ग्यास लगायतका अत्यावश्यक उपभोग्य वस्तुको कृत्रिम अभाव देखा पर्न थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत अनुगमन र निरीक्षणलाई तीव्रता दिएको छ।

विभागका अनुसार उपभोक्तालाई दैनिक आवश्यक वस्तु सहज रूपमा उपलब्ध गराउन उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता तथा सेवाप्रदायक फर्म–प्रतिष्ठानमा निरन्तर संयुक्त बजार अनुगमन अघि बढाइरहेको छ। यस कार्यमा अन्य सम्बन्धित निकायको समेत सहयोग लिइएको विभागले जनाएको छ।

उपभोक्तालाई राहत दिने उद्देश्यका साथ कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारीमा संलग्न व्यवसायीहरूलाई कारबाहीमा ल्याउन प्रभावकारी अनुगमन भइरहेको विभागको भनाइ छ। पछिल्ला दिनमा विशेषगरी खाना पकाउने ग्यासको अभाव सिर्जना गर्दै उपभोक्तालाई असुविधा हुने गतिविधि बढेकाले, विभागले कानुनविपरीत काम गर्नेहरूलाई कारबाही गरेको जनाएको छ। विभागले प्रचलित कानुनविपरीत कुनै पनि गतिविधि भएमा सम्बन्धित व्यक्ति वा संस्थामाथि कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।

यसबीच, नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज रहेको दाबी गर्दै आएको भए पनि उपभोक्ताबाट ग्यास सहज रूपमा नपाएको गुनासो बढेसँगै विभाग सक्रिय भएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको