Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य विभागद्वारा १५ व्यावसायिक फर्ममा छापा,एक स्टोरलाई १० हजार जरिवाना

अर्थ संसार

मंगलबार, २० माघ २०८२, ११ : २५ मा प्रकाशित

वाणिज्य विभागद्वारा १५ व्यावसायिक फर्ममा छापा,एक स्टोरलाई १० हजार जरिवाना

नियमित बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भक्तपुरको मध्यपुरथिमि नगरपालिका क्षेत्रमा रहेको एक स्टोरलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ। अनुगमनका क्रममा कैफियत भेटिएपछि थिमिमा सञ्चालित रमेश थापा स्टोरलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जरिवाना गरिएको विभागले जनाएको छ।

त्यस्तै, अनुगमनकै क्रममा गणपति जी ट्रेडर्सले व्यवसायसँग सम्बन्धित आवश्यक कागजात पेश नगरेको पाइएकाले सो फर्मलाई कागजातसहित एक दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। साथै, विभागले थप १४ वटा फर्मलाई आवश्यक सुधार गर्न सुधारात्मक निर्देशन दिएको जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको