Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा वाणिज्य विभागको अनुगमन: एकैदिन ५६ फर्ममा छापा

अर्थ संसार

विहीबार, ०३ बैशाख २०८३, १२ : ५१ मा प्रकाशित

बजारमा वाणिज्य विभागको अनुगमन: एकैदिन ५६ फर्ममा छापा

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार काठमाडौंका विभिन्न ५६ व्यावसायिक फर्महरूमा  अनुगमन गरेको छ। खाद्य सामग्री र दैनिक उपभोग्य वस्तुहरूको बिक्री-वितरण गर्ने पसल तथा प्रतिष्ठानहरूलाई लक्षित गरी गरिएको यस स्थलगत अनुगमनका क्रममा, नियम उल्लंघन गर्ने फर्महरूलाई विभागले तत्कालै कारबाहीको दायरामा ल्याइएको जनाएको छ।

विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’बुधबार एकैदिन ५६ वटा व्यावसायिक फर्ममा अनुमगन गरी सुधारात्मक निर्देशन दिइएको छ । दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्री बिक्री–वितरण गर्ने व्यावसायिक फर्म, पसलले बिल बीजक दिए/नदिएको, उपभोक्ताले देख्ने गरी मूल्यसूची राखेन/राखेको, कानुनअनुसार तिर्नुपर्ने कर तथा अन्य क्रियाकलाप गरे/नगरेको विषयमा जानकारी लिएको छ ।’

उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएकाहरूको उपस्थितिमा अनुगमन गरिएको विभागले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको