Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा

अर्थ संसार

विहीबार, ०८ माघ २०८२, ०८ : ५० मा प्रकाशित

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्मका आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांक प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस २९ गते स्वीकृत भएसँगै नयाँ बोनसदर घोषणा गरेको छ।

उक्त नयाँ बोनसदर अनुसार कम्पनीले सबै बीमा योजनाको सबै बीमा अवधिमा समान ५५ रुपैयाँ बोनस प्रति हजारका दरले दिने भएको छ। कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएका सबै किसिमका जीवन बीमालेखहरू अन्तर्गत आर्थिक वर्ष २०८२÷८३ का लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा यही बोनस दर निर्धारण गरिएको कम्पनीले स्पष्ट पारेको छ।

साथै जीवन बन्धु (२) र राष्ट्र सेवक (आरएसके) बीमालेखको हकमा आर्थिक वर्ष २०८०/८१ सम्म र आर्थिक वर्ष २०८१/८२ का लागि क्रमशः प्रतिवर्ष प्रतिहजार बीमांकमा ६५ रुपैयाँ र ६० रुपैयाँ बोनस दर रहेको जनाएको छ। साथै कम्पनीको आगामी बीमांकीय मूल्यांकन नभएसम्मका लागि अन्तरिम बोनसदर यही बमोजिम कायम गरिएको पनि जनाएको छ।

 

69719506f213f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको