Like us!
Follow us!
Connect us!
Watch us!

१८ फर्ममा विभागको अनुगमन,न्यू शिव स्टोरलाई दुई लाख जरिवाना

अर्थ संसार

शुक्रबार, ०९ माघ २०८२, ११ : २२ मा प्रकाशित

१८ फर्ममा विभागको अनुगमन,न्यू शिव स्टोरलाई दुई लाख जरिवाना

नियमित बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिनमा काठमाडौं, भक्तपुर र ललितपुरका १८ वटा फर्ममा अनुगमन गरेको छ।

अनुगमनका क्रममा कैफियत भेटिएपछि काठमाडौं–२९ नयाँ बसपार्कस्थित न्यू शिव स्टोरलाई दुई लाख एक हजार रुपैयाँ जरिवाना गरिएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम उक्त फर्ममाथि कारबाही गरिएको विभागले जनाएको छ।

त्यसैगरी, हिमालयन ब्रुअरी प्रालिलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। बाँकी १६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले स्पष्ट पारेको छ।स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा स्थानीय सरोकारवालाको सहभागितामा नियमित रूपमा बजार अनुगमन कार्य हुँदै आएको विभागले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको