कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ ।
पार्टी मुख्यालय सानेपामा बसेको नवनिर्वाचित कार्यसमितिको बैठकले भावी प्रधानमन्त्री थापालाई तोकेर निर्वाचनमा होमिने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति विश्वप्रकाश शर्माले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएको जानकारी दिए। उनले बैठकमा प्रधानमन्त्रीको उम्मेदवार किन अहिले नै घोषणा गर्नुपर्यो भन्ने सन्दर्भमा धारणा राख्दै छ वटा बुँदा प्रस्तुत गरेका थिए। शर्माका अनुसार सातौँ बुँदामा सभापति गगन कुमार थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएको जानकारी गराइएको थियो।
उनले भने, 'नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका छौँ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस