Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको वृद्धि : स्वभाविक कि चुनावको उल्लास ?

अर्थ संसार

सोमबार, १२ माघ २०८२, ०८ : ३५ मा प्रकाशित

सेयर बजारको वृद्धि : स्वभाविक कि चुनावको उल्लास ?

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मनोनय दर्ता गर्ने दिन माघ ६ गते सेयर बजार उच्च अंकले बढ्यो । नेप्से परिसूचक ४२ अंकले बढेको दिन करिब १२ अर्बको कारोबार भयो । त्यसको भोलिपल्ट माघ ७ गते भने सेयर बजारमा ९ अंकको करेक्सन देखियो । जुन दिन कारोबार रकम ८ अर्बमा सिमित भयो । फेरि माघ ८ गते बजार ९ अंकले बढेर ९ अर्ब माथिको कारोबार भयो । त्यो साता जम्मा ४ दिनका लागि सेयर बजार खुलेको थियो । त्यसमध्ये एक दिन मात्रै बजार घट्यो भने तीन दिन बढ्यो । सम्रगमा त्यो साता साढ २ प्रतिशत भन्दा बढीले बढेको बजार यो साताको पहिलो दिन नै उच्च अंकले बढेर कारोबार भएको छ । 

आज (आइतबार) सेयर बजार परिसूचक ५७ अंकले बढ्दा करिब १४ अर्बको कारोबार भएको छ । यो पछिल्लो ६ महिनाको उच्च कारोबार हो । १३ अर्ब ७८ करोडको कारोबार भएको बजारमा सबै सूचकमा हरियाली देखियो । केही समय संकुचनको अवस्थामा रहेको पुँजी बजार एक्का एक बढ्नुलाई लगानीकर्ताले चुनावको कारण केही आशा पलाएको रुपमा हेरेका छन् भने अर्थविद्ले भने यसलाई लगानीको अन्य विकल्प नहुँदाको परिणामका रुपमा हेरेका छन् । बजार घट्नु र बढ्नु पुँजी बजारका सुन्दरता हो । तर एकै पटक बढ्ने र एकै पटक घट्दा भने बजार प्रति धेरै खालका टिकाटिप्पणीहरु हुने गरेका छ्न् । 

अहिले पुँजी बजारका लागि सबै सूचक सकारात्मक रहेको अवस्थामा चुवनाको सुनिश्चितताले गर्दा लगानीकर्ताको मनोबल बढेकाले बजार बढेको इन्भेष्टर फोरमका पूर्व अध्यक्ष तथा लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । सेयर बजारका लागि अहिले सबै सूचक परिसूचक ३२०० विन्दु पुगेको बालाको भन्दा पनि सकारात्मक रहेको उनले बताए । ‘अहिले सबै सूचक सकारात्मक रहेको अवस्था छ । चुनावको लागि मनोनयन दर्ता भएर चुनावको माहोल बन्दै गएकाले लगानीकर्ताको मनोबल बढेकाले बजार बढेको हो,’ उनले भने । आउने दिनमा पनि सेयर बजार मजबुद बनेर जाने उनको विश्वास छ । 

यता अर्थविद् डा. चन्द्रमणि अधिकारीले भने अहिले अन्य क्षेत्रमा लगानी गर्ने विकल्प नहुँदा केही रुपमा सेयर बजारमा लगानी आएकाले बजार बढेको बताए । यस्तो अवस्थामा बढेको बजार दिर्घकालिन नहुने उनको भनाइ छ । ‘अहिलेको बजार अर्थतन्त्रमा भएको सुधार वा स्थिर सरकार बनेकाले भन्दा पनि अन्य क्षेत्रमा लगानी गर्ने विकल्प नहुँदा बढेको हो । जसले गर्दा दिर्घकालिन रुपमा अघि बढ्ने आधार देखिदैन,’ उनले भने । चुनाव हुने कुराले स्थिर सरकारको कुनै ग्यारेन्टि नगरेको अधिकारीको भनाइ छ । 

अहिले बढेको बजारले स्थिरता पाउँछ कि आउँदैन भन्ने कुरा महत्वपूर्ण रहेको नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलको भनाइ छ ।  अहिले राजनीतिक स्थिरताको आशाले गर्दा बढेको बजारलाई दिर्घकालिन रुपमा सकारात्मक बनाउनका लागि अर्थतन्त्रमा नै सुधार आवश्यक रहेको उनले बताए । ‘हाम्रो बजार राजनीतिक कारणले मात्रै बढ्ने र घट्ने भइरहेको छ । यो हुनु हुँदैन भन्ने होइन । तर यस्तो बजार दिर्घकालिन हुँदैन । दिर्घकालिन पुँजी बजारमा सकारात्मकता आउनका लागि अर्थतन्त्रमा नै सुधार हुनु पर्छ,’ उनले भने । सबै कुरा सकारात्मक भएको अवस्थामा राजनीतिक स्थिरता भयो भने बजारले थप गति लिने अवस्था आउने उनको विश्वास छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको