Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन आयोगले सोध्यो बालेनसहित यी चार उम्मेदवारलाई स्पष्टीकरण

अर्थ संसार

मंगलबार, १३ माघ २०८२, १३ : ४३ मा प्रकाशित

निर्वाचन आयोगले सोध्यो बालेनसहित यी चार उम्मेदवारलाई स्पष्टीकरण

निर्वाचन आयोगले रास्वपाका वरिष्ठ नेता बालेन शाहसहित चार जना उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ। आयोगले बालेनसँगै एमाले सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र निकोलस भुसाललाई आचारसंहिता उल्लङ्घनको आरोपमा २४ घण्टे स्पष्टीकरण मागेको हो।

आयोगका अनुसार झापा–५ का उम्मेदवार बालेन शाह, भक्तपुर–२ का उम्मेदवार महेश बस्नेत, सुनसरी–१ का उम्मेदवार हर्क साम्पाङ र रुपन्देही–२ का उम्मेदवार निकोलस भुसालसँग स्पष्टीकरण सोधिएको हो। बालेन शाहले भदौ २३ गते झापा–५ का अर्का उम्मेदवार तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गरेपछि त्यसविरुद्ध उजुरी परेकाले आयोगले स्पष्टीकरण सोधेको जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको