राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। पार्टीकी कोषाध्यक्ष लिमा अधिकारीका अनुसार जनताका एजेन्डालाई समेटेर घोषणापत्र तयार भइरहेको छ र फागुनको पहिलो सातामै सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।
पार्टीका उपसभापति एवं घोषणापत्र मस्यौदा समितिका संयोजक डा स्वर्णिम वाग्लेले फागुनको पहिलो साता चूनावी वाचा पत्र सार्वजनिक गर्ने गरि तयारी भइरहेको उनले बताइन् । उनले पाँच बर्षमा महत्वपूर्ण पाँच क्षेत्रमा काम गर्ने गरि घोषणापत्र जारी हुने उल्लेख गरिन् । जसमा जेनजीका एजेण्डालाई समेट्ने र सुशासनको बिषय मुख्य मुद्दा हुने उनको भनाइ छ ।
अधिकारीले भ्रष्टाचारको अन्त्य, आर्थिक सुधारको एजेण्डाका साथै सरकारमा गएको १०० दिनमा १०० वटा प्रमुख कार्यहरु गर्ने र त्यसका लागि नितिगत सुधारका खाका सार्वजनिक गरिने धारणा राखिन् । त्यस्तै उनले रास्वपाप्रति जनताले देखाएको विश्वासलाई कायम राख्न सशक्त एवं प्रभावकारी ढंगले काम गर्नुपर्ने अवस्था रहेको बताइन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस