Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा ग्यासको अभाव छैन : नेपाल आयल निगम

अर्थ संसार

मंगलबार, २० माघ २०८२, ०७ : १६ मा प्रकाशित

बजारमा ग्यासको अभाव छैन : नेपाल आयल निगम

नेपाल आयल निगमले काठमाडौं उपत्यकामा एलपी ग्यासको अभाव नभएको बताएको छ । एनओसीले विज्ञाप्ति जारी गर्दै जाडोयाममा माग धान्न पुग्ने गरी ग्यासको परिमाण रहेको जनाएको हो । यद्दपि, बजारमा केही एकाध उद्योगको ग्यास सिलिण्डर अभाव देखिएकोले ती उद्योगलाई बजारमा सिलिन्डर आपूर्ती सहज गराई बजार सामान्यकरण गर्न समेत निर्देशन दिई सकिएकाले केही समय भित्रै सामान्यकरण हुने निगमको भनाई छ ।

आयल निगमले प्रेस विज्ञप्तिमा, ‘इण्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ्ग प्लान्टबाट ग्यास आयातको लागी देशैभरिका उद्योगीहरुलाई निगमले मासिक रुपमा उपलब्ध गराउने Allocation को परिमाण ४९,५०० मे.टन रहेकोमा नोभेम्बर २०२५ मा ४७,२६४ मे.टन, डिसेम्बर २०२५ मा ४८,५३१ मे.टन र जनवरी २०२६ मा ४७,३०४ मे.टन ग्यास सम्बन्धित उद्योगहरुले आयात गरि आम उपभोक्ता माझ बिक्री वितरण गरिएको छ” उल्लेख छ । सो परिमाण ग्यासले जाडोयामको माग धान्न पुग्ने निगमले जनाएकोको छ ।

 

6981505a90c05.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको