Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्त नाफा धनात्मक, इपीएस कति?

अर्थ संसार

विहीबार, २२ माघ २०८२, १० : ४५ मा प्रकाशित

समता घरेलु लघुवित्त नाफा धनात्मक, इपीएस कति?

गत आवको पुस मसान्तसम्म घाटा बेहोरिरहेको समता घरेलु लघुवित्त वित्तीय संस्थाको नाफामा धनात्मक बनेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको पुस मसान्तसम्म १ करोड ५६ लाख रुपैयाँ खुद घाटा बेहोरेकोमा चालू आवको पुस मसान्तसम्म आइपुग्दा ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो ।

गत आवको पुस मसान्तसम्म कम्पनीले ११ करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवको पुस मसान्तसम्म बढेर झण्डै २२ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै कम्पनीको कुल सञ्चालन आम्दानी पनि १३ करोड ५७ लाख रुपैयाँबाट बढेर २५ करोड ६२ लाख रुपैयाँ पुगेको छ । यसरी कम्पनीको आम्दानीमा उछाल आएपछि नाफा बढ्न टेवा पुगेको वित्तीय विवरणले देखाएको छ। कम्पनीको सञ्चालन नाफा १५ करोड ६८ लाख रुपैयाँ ऋणात्मकबाट ८० करोड ७६ लाख रुपैयाँ धनात्मक भएको छ । योसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ५.२४ रुपैयाँ ऋणात्मकबाट १७.१२ रुपैयाँ धनात्मक भएको छ ।

त्यस्तै समीक्षा अवधिमा ७.८३ प्रतिशतबाट बढेर १३.३२ प्रतिशत कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३५.७४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४५.२७ गुणा रहेको छ । पुस मसान्तसम्म कम्पनीको वितरणयोग्य मुनाफा ५० करोड रुपैयाँभन्दा माथि रहेको छ । चुक्ता पुँजी ६६ करोड रुपैयाँ रहेको कम्पनीको जगेडामा झण्डै ७ करोड रुपैयाँ र रिजर्भमा १६ करोड ६३ लाख रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीले ६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको कुल सम्पत्तिको मूल्य ६ अर्ब ४० करोड ५४ लाख रुपैयाँ बराबर रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको