Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफको नाफामा सुधार, जीवन बीमा कोष ५० अर्ब माथि

अर्थ संसार

शुक्रबार, २३ माघ २०८२, ०८ : ०९ मा प्रकाशित

एशियन लाइफको नाफामा सुधार, जीवन बीमा कोष ५० अर्ब माथि

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्मको अवधिमा २६ करोड बढी नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिकस (साउन–पुस) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २६ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको हो ।  

कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३० प्रतिशतले नाफा बढाएको छ । गत आर्थिक वर्ष २०८१/८२ को पुससम्म कम्पनीले २५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीको सेयर प्रिमियममा १० करोड ९९ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३१ करोड ३८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९१ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा ९ करोड ४० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा २८ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८६ करोड ७० लाख रुपैयाँ र अन्य इक्विटीमा ९ करोड ८० लाख रुपैयाँ थियो ।

चालु वर्षको पुससम्म कम्पनीको जीवन बीमा कोषमा ५० अर्ब ८५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ४४ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ११.९१ प्रतिशतले बढेको छ । समीक्षा अवधिसम्म कम्पनीले ४ अर्ब ७४ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो यही अवधिसम्म कम्पनीले ४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १२.४९ प्रतिशतले बढेको छ ।

कम्पनीले चालु वर्षको पुससम्म ४ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४ अर्ब १७ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ११.४० प्रतिशतले बढेको छ । चुक्ता पुँजी ५ अर्ब ११ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १०.५४ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस १०.०१ रुपैयाँ थियो । पीई रेसियो ४४.९४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२८.७३ रुपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको