Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको नाफा ८९ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता ?

अर्थ संसार

सोमबार, २६ माघ २०८२, ०७ : ५७ मा प्रकाशित

जीवन विकास लघुवित्तको नाफा ८९ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता ?

जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

खुद नाफा ३८ करोड ९० लाख 

जीवन विकास लघुवित्तले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म ३८ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.३७ प्रतिशतले बढी हो। 

 खुद नाफा (रु.करोड) 
– गत आव : २०.५४
– चालु आव : ३८.९०

कुल ब्याज आम्दानी

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १ अर्ब ४ करोड ६ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा ९४ करोड ८१ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमो यस्तो खुद ब्याज आम्दानी ९.७६ प्रतिशतले बढेको छ । 

कुल ब्याज आम्दानी  (रु.करोड)
– गत आवः ९४
–चालु आव :१०४

सञ्चालन मुनाफा 

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा समेत उल्लेख्य मात्रामा बढेको छ । कम्पनीको सञ्चालन मुनाफा १३९.३१ प्रतिशतले बढेर ७० करोड २३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो मुनाफा २९ करोड ३४ लाख रुपैयाँ रहेको थियो । 

आम्दानी र मुनाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी समेत बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा यो कम्पनीको प्रतिसेयर आम्दानी ५०.६५ रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा प्रतिसेयर आम्दानी ३०.४९ रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ४.५६ प्रतिशतबाट बढेर ५.९८ प्रतिशत पुगेको छ । पुस मसान्तसम्ममा कम्प्नीको विरणयोग्य मुनाफा १ अर्ब १० करोड ३९ लाख रुपैयाँ रहेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ २६६.१७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५.९२ गुणा रहेको छ  

मुख्य वित्तीय सूचक

– चुक्ता पुँजी : १ अर्ब ५३ करोड
–  जगेडा कोष : १ अर्ब १० करोड
–  प्रतिसेयर आम्दानीः ५०.६५ रुपैयाँ
– प्रतिसेयर नेटवर्थः २६६.१५ रुपैयाँ

कम्पनीले १४ अर्ब ६४ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ३९ करोड १७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको कुल सम्पत्ति मूल्य ३१ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको