Like us!
Follow us!
Connect us!
Watch us!

संरचनागत सुधारले अर्थतन्त्र उठाउँछ - गगन थापा

अर्थ संसार

सोमबार, २६ माघ २०८२, १० : ०४ मा प्रकाशित

संरचनागत सुधारले अर्थतन्त्र उठाउँछ  - गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु आफ्नो पार्टीको प्रतिबद्धता भएको बताएका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा सवा सात मिनेट लामो भिडियो सन्देश जारी गर्दै सो जानकारी दिएका हुन् ।

जादु गरेको जस्तो, चमत्कार गरेको जस्तो समस्याको हल निस्किन्छ भनेर सोच्दा अर्को पाँच वर्ष पनि खेर जाने भन्दै उनले आगामी पाँच वर्ष खेर नजाने गरी काम गर्नुपर्ने भिडियो सन्देशमा उल्लेख गरेका छन् ।

सभापति थापाले भनेका छन्, ‘हाम्रोमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या छ । यसले विकासको लागत त बढाएको छ नै सँगै अर्थतन्त्रको इकोनोमिक प्रोडक्टिभिटीमा पनि ठूलो असर पारेको छ, जसको अपरचुनिटी कस्ट अत्यन्तै उच्च छ‘सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु हाम्रो प्रतिबद्धता हो । यसका लागि हाम्रो कानुनमा सुधार गर्नु पर्नेछ । हाम्रो संस्थागत क्षमता बढाउनु पर्नेछ । हाम्रो सार्वजनिक संस्थाहरूको केही काम गर्ने तरिकाहरू फेर्नु पर्नेछ । केही फाइनाइन्सको नयाँ मोडेलहरू हामीले अभ्यास गर्नुपर्ने छ केही नयाँ जोखिमहरू हामीले उठाउनु पर्नेछ । प्राइभेट सेक्टरलाई पनि सँगसँगै विश्वास गरेर लिएर जानु पर्नेछ । हाम्रो अनुगमन गर्ने तरिकाहरू बदल्नु पर्नेछ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको