आईसीएफसी फाइनान्स आउँदो फागुन ११ गतेबाट ऋणपत्र जारी गर्ने भएको छ। फाइनान्सले आउँदो फागुन ११ गतेदेखि ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८९’ नामक ऋणपत्र निष्कासन गर्ने भएको हो। कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्दै ५० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।
जारी गरिने कुल इकाइमध्ये ३० लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फको ५ प्रतिशत अर्थात् १० हजार इकाइ सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।
लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत तथा सीडीएससीको ‘मेरो सेयर’ प्रणालीबाट दिन सकिनेछ।
यो ऋणपत्रको बिक्री छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गते बैंकिङ समयपछि बन्द हुनेछ। ७ वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। ऋणपत्रको बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटलले सम्हालेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस