Like us!
Follow us!
Connect us!
Watch us!

आइसिएफसि फाइनान्सले ३० करोड बराबरको ऋणपत्र जारी गर्ने, सेबोनमा दियो निवेदन

अर्थ संसार

बुधबार, २६ असार २०८१, १० : ३१ मा प्रकाशित

आइसिएफसि फाइनान्सले ३० करोड बराबरको ऋणपत्र जारी गर्ने, सेबोनमा दियो निवेदन

आइसिएफसि फाइनान्स लिमिटेडले ३० करोड बराबरको ऋणपत्र जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । 

कम्पनीले ३ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि असार १८ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आगामी ७ वर्षसम्मका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो ।

ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले कुल कित्तामध्ये १ लाख २० हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको