प्रधानमन्त्री सुशीला कार्कीले नेपालमै अवसर खोज्न युवा विद्यार्थीहरूलाई आग्रह गरेकी छन्। आइतबार काठमाडौंमा सम्पन्न नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले स्वदेशमै बसेर देश निर्माण गर्नुपर्नेमा जोड दिँदै, नेपालभित्रै रहेका सम्भावनाहरूको पहिचान गर्न युवाहरूलाई आह्वान गरिन्।
मुलुकमा देखिने विभिन्न समस्याबाट भाग्नु होइन, बरु डटेर सामना गर्दै समाधानतर्फ अघि बढ्नुपर्ने उनको भनाइ थियो।
अवसर नभएका ठाउँमा नयाँ अवसरहरूको सिर्जना गरेर जहाँ गए पनि नेपालले गर्व गर्न सक्ने नागरिक भएर अघि बढ्न उनले आग्रह गरिन् ।मारोहमा कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले विज्ञान, स्वास्थ तथा प्रविधि सङ्काय, सामाजिक शास्त्र तथा शिक्षा सङ्काय र व्यवस्थापन तथा कानुन सङ्कायका गरी पाँच सय ४५ उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरेकी हुन् । तीमध्ये समारोहमा एक सय ९१ को उपस्थिति थियो ।
प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई कुलपति पदकसमेत वितरण गरेकी थिइन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस