Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले सार्वजनिक गर्यो धितोपत्र व्यापारीका लागि कारोबारयोग्य ११० कम्पनीको नामावली, कुन–कुन परे ?

अर्थ संसार

बुधबार, २८ माघ २०८२, १५ : २१ मा प्रकाशित

नेप्सेले सार्वजनिक गर्यो  धितोपत्र व्यापारीका लागि कारोबारयोग्य ११० कम्पनीको नामावली, कुन–कुन परे ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र व्यापारीहरूका लागि कारोबार गर्न योग्य कम्पनीहरूको नामावली सार्वजनिक गरेको छ। नेप्सेले कुल ११० वटा कम्पनीलाई कारोबार योग्यका रूपमा सूचीकृत गरेको हो।

कुल कम्पनीमध्ये १९ वटा वाणिज्य बैंक र १० वटा विकास बैंक छन्। त्यस्तै २ वटा फाइनान्स, २२ वटा लघुवित्त संस्था, १० वटा जीवन बीमा कम्पनी, ११ वटा निर्जीवन बीमा कम्पनी, ६ वटा लगानी समूहका कम्पनी, २ वटा उत्पादन समूहका कम्पनी, २४ वटा जलविद्युत कम्पनी २ वटा उत्पादन समूह, २ वटा होटल र २ वटा अन्य समूहका कम्पनी छन्।

धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३(२) बमोजिम मापदण्ड पूरा गरेका कम्पनीहरूलाई दफा ३(३) अनुसार अद्यावधिक गरी, सोही कार्यविधिको दफा ३(१) मा भएको व्यवस्थाअनुसार नेप्सेले उक्त नामावली सार्वजनिक गरेको जनाएको छ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको