नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.५४ अकंले घटेर २६३२.९६ बिन्दुमा बन्द भएको छ । आज ३५१ कम्पनीको ७६ लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको हो ।
आज १३ वटै उपसूचक राताम्य भएका छन् । सर्वाधिक फाइनान्स समूहको १.१३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१४ प्रतिशतले सेयर मूल्य घटेको हो । सोमबार २९ कम्पनीको सेयर मूल्य बढेको छ भने २४० कम्पनीको घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । आज ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ८ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै टक्सार पिखुवाखोला, याम्बालिङ हाइड्रो र स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ५.८३ प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस