वर्गिकरणः वाणिज्य बैंक
पछिल्लो व्यापार मूल्यः रू. २३५
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. ९४१
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. २२८
१८० दिनको भारित औसत मूल्यः रू. २८९.३१
कम्पनीका महत्वपूर्ण अनुपात

व्यवस्थापन समूहः
अध्यक्षः रोशन केसी
कायम मुकायम प्रमुख कार्यकारी अधिकृतः अर्जुन थापा
प्रधान कार्यालयः लाजिम्पाट, काठमाडौं
शाखाः ६५
वेबसाइटः www.machbank.com
स्टक सङ्केतः एमबिएल
बैङ्कको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

बैङ्कका महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

महत्वपूर्ण अनुपात

लाभांश विवरण

आधारभूत विश्लेषण
बैंकको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः
-
चुक्तापूँजीको तुलनामा खुद नाफा १२ दशमलव ३३ प्रतिशतबाट घटेर ५ दशमलव ८६ प्रतिशतमा सिमित भएको छ । बैङ्कको लगानी रू. ९ अर्ब २३ रहेको छ । यो अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा ४४ प्रतिशतले बढी हो ।
-
बैङ्कले पुस मसान्तसम्ममा रू. ६५ अर्ब ७९ करोड निक्षेप सङ्कलन गरी रू. ६० अर्ब २६ करोड कर्जा प्रवाह गरेको छ ।
-
खुद ब्याज आम्दानी रू. १ अर्ब ६ करोड ६४ लाख, कर्मचारी खर्च रू. ३१ करोड ८९ लाख, अन्य सञ्चालन खर्च रू. २३ करोड ११ लाख र सञ्चालन नाफा रू. ६८ करोड ६९ लाख रहेको छ ।
-
बैङ्कको स्थिर सम्पत्ति १२ प्रतिशतले बढेर रू. ७४ करोड ३९ लाख र अन्य सम्पत्ति १० प्रतिशतले बढेर रू. १ अर्ब ६१ करोड ९ लाख पुगेको छ ।
-
रू. ५ करोड ५२ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ३३ प्रतिशत पुगेको छ । पूँजीकोष लागत ७ दशमलव ५९ प्रतिशत र पूँजीकोष पर्याप्तता १५ दशमलव ६७ प्रतिशत रहेको छ ।
-
बैंकले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. ११ दशमलव ९४, मूल्य आम्दानी अनुपात २२ दशमलव ८७, तरलता अनुपात २२ दशमलव ७५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय १८ रहेको छ । मङ्गलवारको शेयर मूल्य नेटवर्थको २ गुणा छ ।
प्रवाधिक विश्लेषण
-
खरीद चापः बैंकको मङ्गलवार भएको शेयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप साढे २ गुणा बढी छ । उक्त समयसम्ममा १६ हजार ४ सय ३६ कित्ता शेयर खरीद र ६ हजार ४ सय ७८ कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।
-
मङ्गलवार भएको शेयर कारोबार विवरणः

मैनबत्ती विश्लेषण

५ डिसेम्बर २०१७ ६ मार्च २०१८
स्ट्याण्डर्ड डेभिएशन

५ डिसेम्बर २०१७ ६ मार्च २०१८
आरएसआई

५ डिसेम्बर २०१७ ६ मार्च २०१८
मुभिङ एभरेज

५ डिसेम्बर २०१७ ६ मार्च २०१८
-
मैनबत्ती विश्लेषणः बैंककोे ५७ दिनको कारोबारमा अन्तिम दिनमा लङ्गलेग्ड डोजी आकृती बनेको छ । यस आकृतीले आगामी दिनमा शेयर मूल्य घट्ने बढ्ने कुनै निश्चित सङकेत देखाउँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गर्नुपर्ने हुन्छ ।
-
आरएसआईः बैंकको ५७ दिनको कारोबारमा आरएसआई ओभरसोल्ड जोन (२५ दशमलव २८ बिन्दु)मा छ । यसले शेयर विक्री चाप रहेको देखाउँछ ।
-
स्ट्याण्डर्ड डेभिएशनः कम्पनीको ५७ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएशन ६ दशमलव ५२ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ ।
-
मुभिङ एभरेजः बैंकको ५७ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा हालको मूल्य तल छ । यदि हालको मूल्य रू. २ सय ३५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २ सय ५० मा प्रतिरोध पाउन सक्छ ।



प्रतिक्रिया दिनुहोस