Like us!
Follow us!
Connect us!
Watch us!

सागर डिष्टिलरीको नोक्सानी साढे २ करोड माथि, अन्य सूचक कस्ता ?

अर्थ संसार

विहीबार, २९ माघ २०८२, १० : ३९ मा प्रकाशित

सागर डिष्टिलरीको नोक्सानी साढे २ करोड माथि, अन्य सूचक कस्ता ?

सागर डिष्टिलरी लिमिटेडको नोक्सानी बढेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा साढे २ करोड रुपैयाँ बढी नोक्सानीमा देखिएको हो । 

गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा १ करोड ५३ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ अर्ब ६१ करोड रुपैयाँ नोक्सानी व्यहोरेको छ । कम्पनीको खर्च बढेका कारण नोक्सानी बढ्न पुगेको हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ५ करोड ९९ लाख रुपैयाँ बिक्री आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १२ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ११५.४१ प्रतिशत बढेको हो।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको खुद बिक्री आम्दानी ११७.८१ प्रतिशत बढेको छ भने कुल नाफा १००.५४ प्रतिशत बढेको छ । ७२ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा २० करोड ५७ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ३४ पैसा रहेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको