Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

शुक्रबार, ०१ फागुन २०८२, ०७ : ५८ मा प्रकाशित

नबिल बैंकको १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

नबिल बैंक लिमिटेडले संस्थापक समूहको १ लाख २५ हजार कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले हाल विद्यमान सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरि उक्त सेयर बिक्रीमा राखेको हो । 

बैंकले जीत बहादुर श्रेष्ठको नाममा रहेको ५० हजार कित्ता, जिज्ञाशा अर्यालको नामको ५० हजार कित्ता र जश श्रेष्ठको नाममा रहेको २५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकले सेयर किन्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ । उक्त सेयरको मूल्य ३०१ रुपैयाँ १० पैसा तोकिएको छ । सेयर किन्न इच्छुक सेयरधनीले नबिल इन्भेष्टभेन्ट बैंकिङ नक्सालबाट आवेदन फारम लिन सक्नेछन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको