नेपाल बैंक लिमिटेडले विभिन्न पदहरूमा ५८ जनाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।
बैंकले वरिष्ठ प्रबन्धक, सहायक प्रबन्धक, सहायक प्रबन्धक (आईटी), सहायक प्रबन्धक (सीए), सहायक (आईटी) र सहायक पदमा जम्मा ५८ जनाका लागि आवेदन खुलाएको हो । सम्बन्धित पदका लागि तोकिएको योग्यता भएका इच्छुक व्यक्तिले फागुन २१ गतेसम्म र दोब्बर दस्तूर तिरी फागुन २८ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस