Like us!
Follow us!
Connect us!
Watch us!

देशभरबाट हाम्रो पार्टी पहिलो बन्ने रिपोर्ट आइरहेको छ - अग्नि सापकोटा

अर्थ संसार

मंगलबार, ०५ फागुन २०८२, १५ : १४ मा प्रकाशित

देशभरबाट हाम्रो पार्टी पहिलो बन्ने रिपोर्ट आइरहेको छ - अग्नि सापकोटा

अग्नीप्रसाद सापकोटाले आसन्न निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गरेका छन्। मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशभरबाट प्राप्त प्रतिवेदनका आधारमा आफ्नो पार्टी निर्वाचनपछि पहिलो दल बन्ने निष्कर्षमा पुगेको बताएका हुन्।

‘आज बिहानको समेत रिर्पोट र हामी यहाँ बस्ने सबैको निष्कर्ष के छ भने हाम्रो पार्टी पहिलो पार्टी बन्छ । नेपालको पहिलो पार्टी अब नेपाली कम्युनिष्ट पार्टी बन्छ भन्ने कुराको रिपोर्ट आईराखेको छ देशभरबाट,’ सापकोटाले भने ।

निर्वाचनको गरिमामा आँच नआउने गरी समाचार प्रशारण तथा प्रकाशन गर्न पनि आम सञ्चार माध्याम नचुक्ने विश्वास समेत व्यक्त गरे । नेता सापकोटाले निर्वाचनमा आचारसंहिता कार्यान्वयनको विषयमा गम्भिर हुन निर्वाचन आयोगको पनि ध्यानाकर्षण गराए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको