लुम्बिनी विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले शाखा प्रबन्धक पदका लागि आवेदन आह्वान गरेको हो ।
बैंकले वरिष्ठ अधिकृत, अधिकृत तथा कनिष्ठ अधिकृत तहमा केही शाखाहरूका लागि कर्मचारी माग गरेको हो । बैंकले इनरुवा, रुपनी, कोहलपुर र हरैंचा शाखामा एक–एक जना र अन्य प्रदेशका शाखाहरूमा पनि आवश्यकता अनुसार पदपूर्ति गरिने जनाएको छ । यसका लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन विषयमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ भने स्नातकोत्तर उत्तीर्णलाई प्राथमिकता दिइनेछ ।
त्यस्तै शाखा सञ्चालन र ऋणसम्बन्धी कार्यमा कम्तीमा छ वर्षको बैंकिङ अनुभव भएको साथै बैंक तथा वित्तीय संस्थामा कम्तीमा दुई वर्ष शाखा प्रबन्धकको जिम्मेवारी सम्हालेको अनुभव हुनु पर्नेछ । साथै आवेदन दिने अन्तिम दिनसम्म ४० वर्ष ननाघेको र सवारी चालक अनुमतिपत्र भएको हुनु पर्नेछ भने सम्बन्धित कार्यअनुभव र शैक्षिक योग्यताका आधारमा पदस्तर निर्धारण गरिने बैंकले जनाएको छ ।
इच्छुक तथा योग्य नेपाली नागरिकले बैंकको वेवसाइटबाट सम्बन्धित पदमा आवेदन दिन सक्नेछन् । प्रारम्भिक छनोटमा परेका उम्मेदवारलाई मात्र अन्तर्वार्ताका लागि बोलाइनेछ। आवेदन दिने अन्तिम समय फागुन २० गते तोकिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस