Like us!
Follow us!
Connect us!
Watch us!

सात महिनामा २ खर्ब ८० अर्ब भन्सार राजश्व

अर्थ संसार

आइतबार, १० फागुन २०८२, ११ : ३० मा प्रकाशित

सात महिनामा २ खर्ब ८० अर्ब भन्सार राजश्व

चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनाको अवधिमा नेपाल सरकारले २ खर्ब ८० अर्ब रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ। चालू वर्षको साउनदेखि माघ महिनासम्मको अवधिमा आयात उल्लेख्य बढ्दा झण्डै ३ खर्ब रुपैयाँ भन्सार राजश्व संकलन गरेको हो। यस अवधिमा नेपालले विदेशबाट ११ खर्ब २३ अर्ब ४८ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ। यसबापत लाग्ने भन्सार शूल्कबापत राज्यकोषमा २ खर्ब ८० अर्ब ७६ करोड रुपैयाँ उठेको भन्सार विभागले जनाएको छ।

यस्तै, महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू वर्षको यस अवधिसम्ममा राज्यकोषमा ६ खर्ब ३८ अर्ब ३१ करोड रुपैयाँ राजश्व उठेको छ। जबकी, चालू वर्षको बजेटले राजश्व करमार्फत १३ खर्ब २५ अर्ब ५८ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको थियो।

यो तथ्यांकमा भन्सार राजश्वमार्फत उठेको २ खर्ब ८० अर्ब रुपैयाँ समेत सामेल छ। यस्तै, आजसम्म सरकारले ६६ अर्ब १५ करोड रुपैयाँ गैह्रकर राजश्व उठाएको छ भने १२ अर्ब ९६ करोड अनुदान ल्याएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको