Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा सुवर्ण योजनाको इकाइमा फागुन २८ गतेदेखि आवेदन दिन सकिने

अर्थ संसार

सोमबार, ११ फागुन २०८२, ०८ : ०५ मा प्रकाशित

गरिमा सुवर्ण योजनाको इकाइमा फागुन २८ गतेदेखि आवेदन दिन सकिने

गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक र गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक र बिक्री प्रबन्धक रहेको गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने गरिमा सुवर्ण योजनाको इकाई फागुन २८ गतेदेखि बिक्रीमा आउने भएको छ । यस योजना अन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरले कुल १० करोड इकाई बिक्रीमा आउनेछ । 

जसमध्ये ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल र ९० लाख इकाई कोष प्रवद्र्धक गरिमा विकास बैंकलाई सुरक्षित गरी प्रथम पटकका लागि ३ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गर्न लागिएको हो । यसमा आवेदन दिंदा न्यूनतम १०० इकाईको लागि र अधिकतममा ५० लाख इकाईसम्म माग गर्न सकिनेछ । निष्काशन बन्द छिटोमा चैत २ गते र ढिलोमा चैत १२ गते हुनेछ । यो एक खुलामुखी योजना हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको