Like us!
Follow us!
Connect us!
Watch us!

बालेनको वाचापत्र - झापा ५ को सुकुमबासी समस्या एक हजार दिनमा हल गर्ने

अर्थ संसार

सोमबार, ११ फागुन २०८२, ११ : २९ मा प्रकाशित

बालेनको वाचापत्र - झापा ५ को सुकुमबासी समस्या एक हजार दिनमा हल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले झापा क्षेत्र नं. ५ मा विद्यमान सुकुमबासी तथा भूमिहीनका समस्याहरूलाई सदाका लागि अन्त्य गर्ने दृढता व्यक्त गरेका छन्। आफ्नो वाचापत्र सार्वजनिक गर्दै उनले वर्षौँदेखि अन्यायमा परेका सुकुमबासीहरूलाई अधिकार दिलाउने घोषणा गरेका हुन्।

बालेनले प्रस्तुत गरेको भूमि व्यवस्थापन योजनामा मुख्य तीन बुँदाहरू समेटिएका छन्। पहिलो बुँदामा, रास्वपा सरकार बनेको १०० दिनभित्र आयोग गठन गर्ने र त्यसको १००० दिनभित्र झापा ५ का भूमिहीन एवं अव्यवस्थित बसोबासीको समस्यालाई न्यायोचित तवरले टुङ्गो लगाउने उल्लेख छ। त्यसैगरी, बाँझो जमिनलाई उपयोगमा ल्याउन र जग्गा चक्लाबन्दीलाई प्रोत्साहन गर्न 'ल्यान्ड बैंक' स्थापना गर्ने तथा हालसम्म नक्साङ्कन र अभिलेख नभएका ऐलानी जग्गाहरूको नापी कार्यलाई पूर्णता दिने प्रतिबद्धता समेत उनले जनाएका छन्।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको